इन्फिनिक्सको नयाँ गेमिङ स्मार्टफोन ‘जीटी ५० प्रो’ नेपाली बजारमा, मासिक रु. ४,२५० मै ०% इएमआई सुविधा
काठमाडौँ । विश्वव्यापी प्रविधि ब्रान्ड इन्फिनिक्सले आफ्नो लोकप्रिय ‘जीटी सिरिज’ अन्तर्गत उच्च कार्यक्षमता भएको गेमिङ स्मार्टफोन ‘इन्फिनिक्स जीटी ५० प्रो’ (Infinix GT 50 Pro) नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
विशेषगरी गेमर तथा पावर युजर्सलाई लक्षित गरी ल्याइएको यो स्मार्टफोन ‘लिक्विड फ्लो, हाइपर पर्फमेन्स’ को अवधारणामा आधारित छ।
नेपालमा यो स्मार्टफोन १२ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको खुद्रा मूल्य रु. ८४,९९९ तोकिएको छ।
गेमिङ अनुभवलाई उत्कृष्ट बनाउन फोनमा अत्याधुनिक फिचरहरू समावेश गरिएको छ। लामो समयसम्म गेम खेल्दा फोन तात्तिन नदिन यसमा ‘हाइड्रोफ्लो लिक्विड कुलिङ’ (HydroFlow Liquid Cooling) प्रविधि जडान गरिएको छ। यसका साथै, सहज भिजुअलका लागि १४४ एफपिएस (144FPS) गेमिङ इकोसिस्टम, कन्सोल-शैलीको नियन्त्रणका लागि ‘प्रेसर-सेन्स जीटी ट्रिगर्स’ (Pressure-Sense GT Triggers) तथा स्थिर कनेक्टिभिटीका लागि छुट्टै ‘एन१’ (N1) नेटवर्क चिप उपलब्ध छ। अडियोतर्फ भने यसमा डल्बी एटमस (Dolby Atmos) सहित हाई-रेस अडियोको सपोर्ट दिइएको छ।
इन्फिनिक्सले ग्राहकहरूलाई फोन खरिद गर्न सहज होस् भन्ने उद्देश्यले ०% ब्याजदरमा इएमआई (EMI) सुविधा पनि ल्याएको छ। गुडविल फाइनान्स, नियोफिन हायर पर्चेज र एमएडब्लू (MAW) जस्ता वित्तीय साझेदारमार्फत मासिक रु. ४,२५० देखि नै यो फोन किस्ताबन्दीमा किन्न सकिनेछ।
यस योजनाअन्तर्गत ग्राहकले रु. ५०,९९९ डाउन पेमेन्ट बुझाएर बाँकी रु. ३४,००० फाइनान्स गराउन सक्नेछन्। यो सुविधा लिनका लागि मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य गरिएको छ। नयाँ जीटी ५० प्रो देशभरका आधिकारिक इन्फिनिक्स रिटेल स्टोरहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ।



