विमानस्थलको पार्किङ एरियाबाट झण्डै रू. १३ लाखबराबरको अवैध सुनसहित दुई जना पक्राउ |
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट दुई जनालाई झण्डै १३ लाखबराबरको अवैध सुनसहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले हिजो शनिवार दिउँसो विमानस्थलको पार्किङ एरियाबाट निजहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
प्रहरीले सिन्धुपाल्चोकका विशाल तामाङलाई सुनजस्तो देखिने धातुको बाला ३ थान (१ सय ४९ ग्राम) सहित नियन्त्रणमा लिएको छ । तामाङबाट बरामद गरिएको उक्त सुन अन्दाजी ७ लाख ५१ हजार ९ सय ३५ रुपैयाँबराबरको रहेको प्रहरीले बताएको छ ।
यसै गरी, विदेशबाट आएका गोरखाका भीमबहादुर रानालाई शंका लागि पार्किङ एरियामा चेकजाँच गर्दा निजको साथबाट प्रहरीले अन्दाजी ५ लाख २६ हजार १ सय ८५ रुपैयाँ मूल्यबराबरको २ सय ९ ग्राम सुनजस्तो देखिने धातुको बालासहित नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


