सीजीको नयाँ उत्पादन ‘माल्टोजिङ’ नेपाली बजारमा सार्वजनिक | मूल्य अरुभन्दा रू. २५ सस्तो, छिट्टै विश्वबजारमा पनि लैजाने तयारी
काठमाडौं । चौधरी ग्रुपले हिजो शनिवार नेपाली बजारमा नयाँ उत्पादन ‘माल्टोजिङ’ सार्वजनिक गरेको छ । चौधरी ग्रुपअन्तर्गतको बीएलसी होल्डिङ्सको ‘इन्सट्यान्ट मिल्स प्रा.लि.’ सो उत्पादन नेपाली बजारमा ल्याइएको हो । सीजीले ल्याएको उक्त नयाँ उत्पादनको सार्वजनिक नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले गरेक हुन् ।
कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले गुणस्तरले भरपूर रहेको माल्टोजिङ सुपथ मूल्यमा हिजै शनिवारदेखि नेपालका सबै किराना पसलमा उपलब्ध गराइएको जानकारी दिए ।

कम्पनीका सीईओ होम न्यौउपानेका अनुसार माल्टोजिङ हाल क्लासिक माल्ट र चक्लेट गरी दुई स्वादमा ल्याइएको र त्यसमध्ये चक्लेट स्वादमा प्रतिबट्टा ३५० रुपैयाँ र क्लासिक माल्ट स्वादमा प्रतिबट्टा ३३० रुपैयाँ मूल्य तोकिएको छ । हाल बजारमा पाइने विभिन्न ब्राण्डमा पाइनेभन्दा यो माल्टोजिङ २५ रुपैयाँ सस्तोमा बजारमा उपलब्ध गराइएको उनले बताए ।
सीजीको माल्टोजिङमा कुपोषण तथा पुड्कोपन हुने समस्यालाई दृष्टिगत गरी ब्रेन, बोन र बडी (मष्तिष्क, हाड र शरिर) लाई आवश्यक पर्ने तत्वहरू प्रोटिन, फ्याट, काब्रोहाइड्रेट्स, भिटामिन बी सिरिज, बायोटिन, आयोडिन, भिटामिन ए, भिटामिन सी, भिटामिन डीलगायत अत्यावश्यक सम्पूर्ण खनिज तत्वहरू (म्याग्नेसियस, क्याल्सियम, फस्फोरस, कपर, सेलेनियम, जिङ्क, पोटासियम र आइरन) मिश्रण गरिएको कम्पनीले दाबी गरेको छ ।
‘मल्टी भिटामिन र मिनरल्सको सम्मिश्रणले नेपालको कपोषणको समस्यालाई केही हदसम्म अन्त्य हुने कम्पनीको विश्वास रहेको छ । ‘माल्टोजिङ’ ब्राण्ड चौधरी ग्रुपले लिएको छ भने यसको उत्पादन भारतमा गरिएको छ । माल्टोजिङको बजारीकरण हाललाई नेपालमा मात्र गरिए पनि छिट्टै नै विश्व बजारमा समेत लैजाने तयारी कम्पनीको रहेको छ ।



