त्रिभुवन विमानस्थलको नयाँ बन्ने रनवेको रिमोट पार्किङमा ढलान शुरू, अप्रिल अन्तिमबाट सञ्चालन |
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को नयाँ बन्ने रनवेको पूर्वी क्षेत्रको रिमोट पार्किङमा हिजो बुधवारदेखि ढलान शुरू भएको छ । आगामी अप्रिलको अन्तिम साताबाट सञ्चालनमा ल्याउने गरी अहिले ढलानको काम शुरू गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिएका हुन् ।
उक्त रिमोट पार्किङ ढलान भइसकेपछि एयरबस ३३० २ ओटा र एयरबस ३२० ३ ओटा पार्किङ गर्न मिल्ने उनले बताए । उनका अनुसार अहिले भइरहेको ढलानको काम टुण्डी कन्स्ट्रक्शनले गरिरहेको छ । निर्माण कम्पनीले ढलानको काम सकेपछि करिब २८ दिन सुक्नका लागि राख्नुपर्ने भएकाले कामलाई तीव्रता दिन निर्देशन दिइएको उनले बताए ।
Visited 2 times, 1 visit(s) today


