महिला उद्यमशिलता सम्मेलन फागुन १७ गते, उद्यमीहरुले भोग्नु परेका समस्याको उठान तथा प्रदर्शित गरिने |
काठमाडौं । एक दिने महिला उद्यमशिलता सम्मेलनको आयोजना गरिने भएको छ । नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) र अमेरिकी दुतावास अन्र्तगतको नेपाल अमेरिकी एलुमनाई नेटवर्क (एनयूएसएएन) ले संयुक्तरुपमा यहि फागुन १७ गते सम्मेलनको आयोजना गर्दैछन् । यस सम्मेलनको मुख्य अतिथीका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडा र गेष्ट अफ अनरको रुपमा नेपालका लागि अमेरिकी राजदुत –याण्डी बेरीको सहभागिता रहने छ ।
नेपालको कृषि, उत्पादनमूलक उद्योग, जलविद्युत लगायत उद्यमशिलताको विविध क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको मिहिनेत, संघर्ष तथा सफलताको कथा प्रस्तुत गर्ने उदेश्यसहित यस सम्मेलनको आयोजना गर्न लागिएको नेपाली यूवा उद्यमी मञ्चको उपसभापति जुना माथेमाले जानकारी दिइन । यस सम्मेलनको थिम ‘कनेक्ट, कोल्याबरेट, क्रेट’ रहेको छ ।
सम्मेलनमा सहभागि हुने २ सय जना सहभागीहरुको ज्ञान, शिप तथा क्षमता अभिवृद्धि गराउने उदेश्यले सम्मेलनमा बिभिन्न शत्रहरु समावेश गरिएको छ । महिला उद्यमशिलताको विकास गरी उनीहरु लाई स्थापित गराउन सहयोग पुर्याउनुका साथै संजाल र सम्पर्क निर्माण लाई यस कार्यक्रमले विशेष जोड दिएको छ ।
यस कार्यक्रमले विशेषगरी स्टार्ट अप उद्यमी, विद्यार्थी, विभिन्न पेशा व्यवसाय संचालन गरि रहेका व्यवसायिक महिला तथा महिला उद्यमीहरु लाई लक्षित गरिएको अमेरिकी एलुमनाई नेटवर्कको उपकमिटीकी बिभुति न्यौपानेले बताँइन ।
नेपाल रेमिट्यान्स (विप्रेषण) मा सबैभन्दा बढी निर्भर मुलुक मध्येमा पर्छ । रेमिट्यान्सबाट भित्रने पैसालाई उद्यमशीलतामा लगाउनु अहिलेको आवस्यकता रहेको माथेमाले बताँइन । यसका लागि नेपालका सबै क्षेत्रमा यस्ता कार्यक्रमहरु आयोजना गरेर उद्यमीहरुको सङ्ख्या बढाउन आफुहरु लागि परेको उनले बताँइन ।
सम्मेलनमा महिला उद्यमीहरुको उद्यमशीलताको यात्रा, प्यानल छलफल, उद्यमशीलताको वातावरण नक्साङ्कन र कथा कुना लगायतका कार्यक्रमहरु राखिएका छन् ।
सन् २००३ मा स्थापना भएको नेपाली युवा उद्यमी मञ्चले सन् २०१३ बाट युवा महिला उद्यमी सम्मेलनको आयोजना गर्दै आइ रहेको छ । यसले नेपालमा सकारात्मक व्यवसायिक सोच बढाउने बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । त्यस्तै नेपाल अमेरिकी एलुमनाई नेटवर्क यूएस एक्सचेंज कार्यक्रमको एक नेटवर्क हो । यस नेटवर्कले सन् २०१८ मा अमेरिकी दुतावासबाट चार विषयगत क्षेत्रहरुमा चार कार्यक्रम संचालन गर्ने अनुदान पाएको थियो । यी चार विषयगत क्षेत्रहरु परदर्शिता र उत्तरदायीता, विपद नियुनिकरण, महिला उद्यमिता र क्षेत्रीय कनेकिटविटी रहेको छ ।
कार्यक्रमको आंशिक स्पोन्सर लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकले सम्मेलनको अवसरमा महिला उद्यमीहरुका लागि विशेष कर्जा स्कीमको अनावरण गर्ने छ ।
Visited 1 times, 1 visit(s) today


