महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ इन्सयोरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौ । महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनूसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा र बीरगंजबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि फाल्गून भित्र बिर्तामोड, इटहरी, जनकपूर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपूर, सूर्खेत र धनगढीबाट कारोबार संचालनको तैयारी गरिरहेको जानकारी दिएको छ ।
सम्झौतामा महालक्ष्मी बिकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
Visited 2 times, 1 visit(s) today


