आईएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आईएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले आईएमई जनरल इन्स्योरेन्ससँगको सहकार्यबाट दुवै संस्थाका ग्राहकले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने बताए ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई आफनो सेवालाई सरल, सहज र चुस्त राख्न सहयोग पुग्ने बताए ।
बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा ढुक्क भएर लिन पनि उनले आग्रह गरे ।
Visited 2 times, 1 visit(s) today


