एनआईसी एशियाको नयाँ शाखा पोखराको पावर हाउस चोकमा |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोकमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
पावर हाउस चोक कास्की शाखाको एनआईसी एशिया बैंक लिका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन ।
बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।
Visited 2 times, 1 visit(s) today


