नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १० अर्ब ४७ करोड, मुनाफा २८ करोड |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बीमा शुल्क १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यस अबधिमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी गरेको छ भने गत वर्ष सोहि अवधिमा २ अर्ब २५ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
इन्स्योरेन्स यस अवधिमा खुद मुनाफा २८ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको तुलनाभन्दा शुन्य दशमलव ३० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा बीमाले नाफा २७ करोड ९६ लाख रुपैयाँ कमाएको थियो ।
४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा ३ अर्ब ७३ करोेड ६१ लाख रुपैयाँ र जीवन विमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १० दशमलव ८५ प्रतिशतले घटेर ४६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि २३ दशमलव ७२ प्रतिशतले घटेर १८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल बीमा शुल्क ७९ अर्ब १५ करोड ९४ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी ५ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा १२ लाख ९ हजार ७२० वटा बीमालेख जारी गरेको छ भने २८ हजार ४४८ वटा भुक्तानी दाबी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १२ दशमलब ७६ रुपैयाँ, पीई अनुपात ८६ दशमलब ५२ गुणा, प्रति शेयर नेटवर्थ १ सय ९३ दशमलब ३८ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ४ सय ८४ रुपैयाँ रहेको छ ।
