नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क २४ करोड |
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड एक लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५ करोड ५० लाख रुपैयाँले बीमा शूल्क बढाएको हो ।
कम्पनीले हाल सम्म ७१ हजार ९६ बीमालेख जारी गरी ५६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिमा ३८ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुर्नबीमाबाट ८ करोड १९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ३८ करोड ७४ लाख लगानी तथा कर्जा रहेको छ ।
कम्पनीले यस अवधि सम्ममा ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७१.२० प्रतिशत अर्थात ३ करोड ४ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअघि ३० करोड १९ लाख ८९ हजार रूपैयाँ चुक्ता पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेर हाल ६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको कम्पनीको जगेडा कोषमा २७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा १० करोड ६८ लाखले जगेडा कोषको आकार बढेको हो ।
नेपाल इन्स्योरेन्सको बीमा कोष पनि १५ करोड ७१ लाखबाट ७ करोड ४२ लाख बढाएर २३ करोड १४ लाख रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत हुन आउने ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।
Visited 1 times, 1 visit(s) today


