चन्द्रागिरिको भ्यालेन्टाईन अफर, यस्तो छ जोडी प्याकेज |
काठमाडौं । चन्द्रागिरि हिल्सले प्रणय दिवसलाई लक्षित गर्दै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले फागुन २ गतेमा उक्त कार्यक्रम गर्न लागेको हो ।
कम्पनीका अनुसार कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बारमा संचालन हुनेछ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३ हजार ९ सय ९९ रुपैयाँ तथा प्रति व्यक्ति २ हजार ४ सय ९९ रुपैयाँको प्याकेज पनि प्राप्त गर्न सक्नेछन् ।
उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न सक्ने ब्यबस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।



