अनमोल केसी स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियूक्त |
काठमाडौं । देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले यूवा अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पेय पदार्थको प्रतिबद्घता हो ।
आकर्षक र प्रभावशाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।
कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ । जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।’
स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल केसीले आफ्नो अनुभव सुनाउदै भने, ‘म स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।’



