पानी जहाज कार्यालयको उद्घाटन फागुन २ गते | प्रमले उद्घाटन गर्ने, १६ जना प्राविधिक कर्मचारीको दरबन्दी
काठमाडौं । नेपालमा पानी जहाज कार्यालय आगामी फागुन २ गते अर्थात् पर्सि बिहीवार स्थापना हुने भएको छ । ललितपुरको एकान्तकुनामा स्थापना गरिएको उक्त कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत स्थापना हुने पानीजहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सहसचिवले गर्नेछन् । उक्त कार्यालयका लागि १६ जना प्राविधिक कर्मचारीहरूको दरबन्दी रहेको छ । अब सोही कार्यालयले पानीजहाज सञ्चालनसम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।



