माछापुच्छ्रे बैंकको ‘एजुकेशन हब’ सेवा शुरु, अध्ययनका लागि विदेश जान चाहनेका लागि शैक्षिक ऋण उपलब्ध |
काठमाडौं । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।
बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सहज रुपमा प्रदान गर्ने उद्दश्यले ‘हब’ सञ्चालनमा ल्याएको हो । ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् ।
बैंकको काठमाण्डौस्थित पुतलीसडक शाखाबाट सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जानकारी दिएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने बैंकको बिश्वास छ ।
विद्यार्थीले ‘हब’ बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा पीटीई, आएल्टस्, जिम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएली, एसीटी, एसीसीए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
विद्यार्थीले शाखामार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।



