रू. ५ हजार वृद्धभत्ता यही सरकारले पुर्याउँछ : उपप्रधानमन्त्री पोखरेल |
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको मासिक ५ हजार वृद्धभत्ता अहिलेकै सरकारको कार्यकालमा पुर्याउने बताएका छन् । आज आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटनका अवसरमा उपप्रधानमन्त्री पोखरेलले त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘हामीले जे कबुल गरेका थियौं, त्यो कबुल गरेअनुसार सरकारको यही कार्यकालमा जेष्ठ नागरिकलाई दिइँदै आएको भत्तामा वृद्धि गरी मासिक रू. ५ हजार पुर्याउँछौं ।’
उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरूका लागि १ लाख रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई शुरू गर्ने पनि बताए । सरकारले रोजगारीको अवसर सृजना गर्न फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि उनले जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


