प्रभु बैंकको नयाँ शाखा डडेलधुराको नवदुर्गामा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्दै गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा पछिल्लोपटक डडेलधुरामा अर्को नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सञ्चालन गरेको छ । बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका– ४, नवदुर्गामा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
उक्त नयाँ शाखा कार्यालयको उद्घाटन सोही गाउँपालिकाका प्रमुख कवीन्द्र विष्टले आज आयतवार गरेका हुन् ।

सो अवसरमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरू, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, थानीय उद्योगी व्यापारीलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
उक्त शाखाको स्थापनासँगै यहाँका स्थानीय सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघसंस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास रहेको छ ।
Visited 1 times, 1 visit(s) today


