गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि हुँदै |
चितवन । चितवनको भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि आइतवार हुने भएको छ । झण्डै ३ अर्ब लागत अनुमान गरिएको उक्त रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको धुर्मुस–सुन्तली फाउण्डेशन जानकारी दिएको हो ।
आज शनिवार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले उक्त निर्णय गरेको हो । रंगशाला निर्माणको शुभारम्भ कार्यक्रममा र्यालीको आयोजनासमेत गरिएकाले उक्त समारोहमा उपस्थित हुन सम्पूर्ण खेलप्रेमीलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आह्वान गरेकी छन् ।
रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेशनले जानकारी दिएको छ ।
देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेबनले बताएको छ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फूलको आकारमा निर्माण हुनेछ ।
Visited 1 times, 1 visit(s) today


