पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारबाही |
पर्वत । पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि उत्पादनमा रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती कम्पनीले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले उत्पादनमा रोक लगाएको जानकारी दिएको हो ।
कारबाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इण्डष्ट्रिज तथा बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर उद्योग रहेका छन् ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो ।
निर्देशिकाअनुसार स्वचालित उपकरणबाट बोतलको सफाइ, फिलिङ र क्यापिङको काम गर्नुपर्नेमा त्यसो नगरिएका कारण उनीहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
Visited 1 times, 1 visit(s) today


