कुष्ठरोग बिरामीलाई कामना सेवा विकास बैंकको सहयोग |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पोखराको हरियोखर्कस्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरूलाई ह्विल चियर प्रदान गरेको छ । पोखरा महानगरपालिका– १५ का वडा अध्यक्ष प्रकाश पौडेल, अस्पतालका डाइरेक्टर दीपक मर्हजन, सुपरिटेडेन्ट डा. ब्रुस हायस, प्रशासक अधिकृत युवराज आचार्यसाथै बैंकका सञ्चालकद्घय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा सहायक महाप्रबन्धक टुवराज बाँस्तोलाको उपस्थिति ह्विल चियर हस्तान्तरण गरिएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६६औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा उक्त सहयोग गरेकोे हो । हाल उक्त अस्पतालमा ४० जनाभन्दा बढी जटिल अवस्थाका कुष्ठ रोगका बिरामीहरू रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


