गुडविल फाइनान्सको नाफा ३ करोड २२ लाख |
काठमाडौं । गुडविल फाइनान्सले चालू आवको पुस मसान्तसम्ममा ३ करोड २२ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा १४ लाख रुपैयाँ बढी नाफा गरेको छ । कम्पनीको गत वर्षको सोही अवधिमा ३ करोड ८ लाख नाफा कमाएको थियो ।
फाइनान्सले चालू आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ अर्ब २६ करोड निक्षेप संकलन गर्न सफल भएको छ भने कर्जा लगानी पनि वृद्धि गरेर ५ अर्ब ३७ करोड पुर्याएको छ ।
८० करोड चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको जगेडा कोषमा १५ करोड रुपैंयाँ रहेको छ । ७२.९२ प्रतिशत सीडी रेसियो रहेको कम्पनीको खराब कर्जा ०.८५ प्रतिशत मात्रै रहेको छ । आधार ब्याजदर १३.५० प्रतिशत रहेको गुडविलको कस्ट अफ फण्ड १०.५५ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८.०६ रुपैयाँ रहेको छ ।



