सारथी लघुवित्तको खुद नाफा ४३ लाख |
काठमाडौं । तनहुँको दमौलीमा केन्द्रीय कार्यालय रहेको सारथी लघुवित्तले चालू आवको पुस मसान्तसम्ममा ४३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरणमा यस अवधिमा १० करोड ८ लाख निक्षेप संकलन र ३५ करोड ३८ लाख रुपैयाँ सापटी लिएर ४७ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले १ करोड २ लाख खुद ब्याज आम्दानी गरेको छ भने १८ लाख ३७ हजार सञ्चालन नाफा कमाएको छ ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, संस्थाले जगेडा कोषमा १५ लाख ५५ हजार रुपैयाँ सञ्चित गरेको छ भने खराब कर्जा अनुपातलाई पनि ०.२३ प्रतिशतमा झार्न सफल भएको देखिन्छ ।



