स्वदेशी लघुवित्तको नाफा रू. २ करोड ६४ लाख |
काठमाडौं । स्वदेशी लघुवित्तले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाले ९३.९७ प्रतिशतले नाफामा वृद्धि गरेको हो । गत वर्ष सो अवधिमा संस्थाले १ करोड ३६ लाख खुद नाफा आर्जन गरेको थियो ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरणअनुसार संस्थाले गत वर्ष ६ करोड ८० लाख खुद ब्याज आम्दानी गरेकोमा त्यसमा सुधार गर्दै चालू आवमा १० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको देखिन्छ ।
यस अवधिमा लघुवित्तले हकप्रदबाट शतप्रतिशत चुक्ता पूँजी बढाएर २३ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ४३१.७९ प्रतिशतले बढाएको छ । कम्पनीले २ करोड ६३ लाखको जगेडा कोषको आकारलाई १३ करोड ९९ लाख कायम गर्न सफल भएको छ ।
संस्थाले ८० करोड ९४ लाख निक्षेप संकलन र १ अर्ब ८४ करोड ७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा रहेको छ भने निष्क्रिय कर्जा अनुपात बढेर १.८७ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८३ पैसा रहेको यस संस्थाको मूल्य आम्दानी अनुपात २२.१२ गुणा बढी छ ।



