शिखर सुजको एकल मेलामा उपभोक्ताको घुइँचो |
काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा पुस २० गतेदेखि जारी शिखर सुज एकल जुत्ता मेलामा उपभोक्ताहरूको भीड लागेको छ । उक्त मेलाको अन्त्यतिर ग्राहकहरूको घुइँचो नै लागेको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । अर्थमन्त्री कैलाश ढुंगेलले उद्घाटन गरेको उक्त मेला भोलि आइतवारसम्म चल्नेछ ।
प्रसाईंका अनुसार मेलामा एकै व्यक्तिले १२ जोरभन्दा बढी जुत्ता खरिद गरेको बताए । नेपाली जुत्ता बजारमा शिखर सुज राम्रो लोकप्रियता कमाएको ब्राण्ड हो ।
मेलामा एक हजार डिजाइनका जुत्ता चप्पल उपलब्ध छन् । मेलाको अन्त्यतिर आइपुग्दा १५ प्रतिशतको छुट सीमालाई पनि वृद्धि गरिएको प्रसाईले जानकारी दिए । १७५ रुपैयाँदेखि ८ हजार रुपैयाँ मूल्यका जुत्ता चप्पल मेलामा उपलब्ध रहेका छन् ।




