अबदेखि नेपालमा ठूला भारु नोट अवैध | भारतले ठूला भारु नोटहरू नेपालमा चलाउन नदिने भएपछि राष्ट्र बैंकले दियो त्यस्तो निर्देशन
काठमाडौं । सरकारको नेपालमा भारतीय २००, ५०० र २००० दरका नोटहरू चलनचल्ती हुन नदिने निर्णयले बल्ल आधिकारिकता पाएको छ । ती नोटहरू नेपालमा अवैध हुने ठहर गर्दै मौद्रिक नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै त्यसले आधिकारिकता पाएको हो ।
राष्ट्र बैंकले एकीकृत इ.प्रा. परिपत्र १२०७४ को बुँदा १.१ अन्तर्गत १.११.६ को खण्ड क संशोधन गरी भारतीय ठूला नोट नेपालमा अवैध हुने व्यवस्था गरिएको बताएको छ ।
भारतले आफ्ना ठूला नोटहरू नेपालमा चलाउन नदिने भएपछि सरकार र राष्ट्र बैंकले भारतीय पक्षलाई नोट चलाउन दिने व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि भारतले उक्त आग्रहको सुनुवाइ नगरेपछि राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको उक्त निर्देशनसँगै नेपालमा अब भारतीय रुपैयाँ आजदेखि अवैध हुने भएको छ ।
Visited 1 times, 1 visit(s) today


