‘दशैंमा २० लाख’ योजनाका भाग्यशाली विजेता झाँगडले बुझे २० लाखको चेक |
काठमाडौं । नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘दशैंमा २० लाख’ योजनाअन्तर्गतको सर्वाधिक ठूलो राशिको भाग्यशाली विजेता धीरेन्द्रकुमार झाँगडलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका सीओओ रुद्रराज पौडेलले कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीमा गत मंगलवार एक कार्यक्रमको आयोजना गरी उक्त रकमबराबरको चेक भाग्यशाली विजेता झाँगडलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले मलेशियाबाट नेपालमा पैसा आईएमई गर्ने सेवाग्राही झाँगडलाई गत मंसिर १९ गते सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ वाट विजेता घोषणा गरेको थियो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बास्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरूको उपस्थितिमा सर्वाधिक राशिको उक्त भाग्यशाली विजेता घोषणा गरिएको थियो ।
आईएमईले सेवाग्राहीमुखी यस्ता कार्यक्रम हरेक वर्ष चाडपर्वको अवसर पारेर सञ्चालन गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


