ग्लोबल आईएमई बैंक र एमआर डायग्नोष्टिक सेण्टर विराटनगरबीच सम्झौता | बैंकका ग्राहक र कर्मचारीलाई उपचारमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । ग्लोबल आईएमई बैंक र एमआर डायग्नोष्टिक एण्ड हेल्थ केयर सेण्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्भौतापत्रमा सेण्टरको तर्फबाट सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र बैंकको तर्फबाट बैंकका विराटनगर शाखा प्रबन्धक शशिशेखर शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकले एमआर डायग्नोष्टिक एण्ड हेल्थ केयर सेण्टरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जानकारी दिएको छ ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजनाहरू प्रस्तुत गरिनै रहेको छ ।
उक्त सम्झौतासँगै अब बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।



