राष्ट्रिय वाणिज्य बैंक प्रभातफेरी कार्यक्रम |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज शनिवार प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा त्यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत सुशील श्रेष्ठ, नायब महाप्रबन्धकहरू टेकराज जोशीलगायत बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
विभिन्न ब्यानर र प्लेकार्डसहितको र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबार प्लाजाबाट शुरू भई भद्रकाली, न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः सिंहदरबार प्लाजामै आएर समापन भएको थियो ।
कार्यक्रममा बैंक कर्मचारीसहित सयौंको संख्यामा जनसहभागिता रहेको थियो । बैंकले ५४औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद तथा विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।



