प्रभु मनि ट्रान्सफर र नेपाल बंगलादेश बैंक बीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता |
काठमाडौं । प्रभु मनी ट्रान्सफर र नेपाल बंगलादेश बैंक बीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौतामा हस्तक्षर भएको छ ।
सम्झौतामा प्रभु मनी ट्रान्सफरका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटा र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंहले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए ।
सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको कुनै पनि शाखाहरु मार्फत भुक्तानी लिन सकिनेछ ।
साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक रेमिट्यान्स पठाउने तथा भुक्तानी गर्ने कार्य गर्नका लागि सम्झौता भएको छ ।
नेपाल बंगलादेश बैंकका देशभर ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।



