स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित |
काठमाडौं । घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको थियो । सीईएस २०१९ कार्यक्रमको क्रममा स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टीभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलू उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।
स्काईवर्थले 65S9A/XA9000 का लागि प्रोडक्ट अवार्ड, ʽद एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाडʼ पनि प्राप्त गरेको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ । जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली पीक्यू प्रोसेसर जडान भएको छ जसले गर्दा टीभीको प्रदर्शन उत्कृष्ट हुन्छ ।
65S9A/XA9000 बाहेक स्काईवर्थले सीईएसमा थुप्रै नवीनतम उत्पादन तथा प्रविधिहरु भित्र्याएको छ । स्काईवर्थले ८२” फ्लश माउन्ट टीभी, ६५” क्वासी पिक्सेल ब्याकलाइट टीभी ल्याएको छ । स्काईवर्थको ७७” ओएलईडी टीभी फिचर्ड डल्बी भिजन एचडीआर इमेजिंग टेक्नोलोजी छ । जसले ७.१.४ डल्बी एटमस ईनेबलर होम थिएटर प्रणालीमा डेलिवरीले स्पेक्टकुलर र इमेन्स अनुभव दिन्छ ।
स्काईवर्थले गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । ʽओपन, शेयर, ह्वइन–ह्वइनʼ को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टीभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ ।
स्काईवर्थले विगत ४ वर्ष अगाडि लञ्च भएयता उपभोक्ता माँझ लोकप्रियता कमाइरहेको छ । यो ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल भएको छ । स्काईवर्थ नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकहरुका लागि विश्वसनीय र भरपर्दो उत्पादन भएको छ ।



