एनआईसी एसियाले माघ १३ देखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । एनआईसी एशिया बैंकले माघ १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाको बराबरको ४० लाख कित्ता ऋणपत्र विक्रि गर्न लागेको हो । निष्काशन हुन लागेको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । बाँकि ६० प्रतिशत व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ८० हजार कित्ता समेत समावेश रहेको छ ।
इच्छुक लगानीकर्ताले छिटोमा माघ १६ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २० लाख कित्ताको लागि आवेदन दिन सकिने ऋणपत्रको विक्रि प्रबन्धक नेपाल एसबीई मर्चेन्ट बैंकिंग लिमिटेडले जानकारी दिएको छ ।
‘१० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५⁄८६’ नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । एनआईसी एशियाले यसअघि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।



