कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकबाट नै सानिमा इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।
बैंकका ६३ वटै शाखाहरुमा यो सेवा उपलब्ध हुने बिज्ञप्तीमार्फत जानकारी दिइएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले देशभरी ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत सेवा दिँदै आएको जानकारी दिएको छ ।



