जगदम्बा सिमेन्टले ग्राहकलाई हेलिकोप्टरबाट गोसाइकुण्डको यात्रा गरायो |
काठमाडौं । जगदम्बा सिमेन्टले ग्राहकलाई हवाई यात्रा अन्तर्गत हेलिकोप्टरबाट गोसाइकुण्डको यात्रा गराएको छ । उद्योगले भिजिट नेपाल २०२० लाई समेत सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रम गरेको जानककारी दिएको छ ।
‘मेरो देश मेरो जगदम्बा’ भन्ने नारासहित उद्योगले विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको छ । उद्योगले हाम्रो घर मोबाइल एप, वास्तु ज्ञान र जगदम्बा सचेतना लगायतका उपभोक्ता कार्यक्रम पनि गर्दै आएको जानकारी दिएको छ ।



