फूडमाण्डूको अनलाइन फूड फेस्टिबल शुरु |
काठमाडौं । फूडमाण्डू प्रालिले अनलाइन फूड फेस्टिबल आयोजना गरेको छ । रुस्लान भोड्काको प्रायोजन र स्वमस्र्बी तथा दराजको सहप्रायोजनमा मंगलबारदेखि शुरु भएको यो फेस्टिबल माघ १० गतेसम्म संचालन हुनेछ ।
कम्पनीका अनुसार फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना मेन्यूमा विशेष छुट दिनेछन्।् । यो अवधिमा ग्राहकले मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर छुट लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
फुडमाण्डूको एपमा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट र १ रुपैयाँमा खाना समेत पाइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पाउने बताइएको छ । यो वाहेक विभिन्न गेम खेलेर अरु उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार दैनिक १० जना ग्राहकहरुले २५ सय रुपैयाँ भन्दा माथिको अर्डरमा १८० एमएलको भोड्का (रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन्।् । यो अवधिमा फ्रि डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । यो अवधिमा फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरु सहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।
पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।



