गल्फ इन्डस्ट्रियल टेक्निकल मिट २०१९ सम्पन्न |
सिमरा, बारा । नेपाल ल्युब आयल लिमिटेडले हालै गल्फ इन्डस्ट्रियल टेक्निकल मिट २०१९ भैरहवामा सम्पन्न गरेको छ । होटल बोधि रेड सनमा आयोजना गरिएको यस कार्याक्रममा बि २ बि ग्राहक चेनता तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो । बि २ वि ग्राहकहरुमा सिमरा र बीरगंज आसपासका विभिन्न सिमेन्ट तथा स्टिल उद्योगहरुको सहभागीता थियो । नेपाल ल्युब आयलका ब्राण्ड तथा मार्केटिङ्ग म्यानेजर प्रद्यूम्न न्यौपानेका आनुसार यस कार्यक्रमका निम्न उद्देश्यहरु रहेका थिए ː
- प्रोडक्ट पोर्टफोलियो सम्बन्धी चेतना वृद्धि गर्नु
- प्राविधिक रुपमा औद्योगिक उपकरण तथा प्रविधिको अध्यावधिक गर्नु
- बजारका विद्यमान समस्या एवं तिनको निराकरण गर्नु
गल्फ आयल लुब्रिकेन्ट इन्डिया लिमिटेडकाा प्रमुख डाइरेक्ट जसमित सिंह तथा गोलिलमा सिमेन्ट सम्बन्धी विशेषज्ञ सुसिल कुमार शर्माले प्रमुख वक्ताकारुपमा आफ्ना भनाईहरु राखेका थिए ।

गल्फ इन्टरनेसनलको नेपालका लागि अधिकार प्राप्त कम्पनीका रुपमा नेपाल ल्युब आयल लिमिटेड रहेको छ । नेपाल ल्युब आयल कम्पनीले अन्तरराष्ट्रिय लुब्रिकेन्ट नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । यस संस्थाको स्थापना सन् १९८३ मा ल्युब ब्लेन्डिङ्ग प्लान्टका रुपमा भई अन्तरराष्ट्रिय गल्फ आयल कर्पोरेसन लिमिटेडसँगै सम्झौता भएको थियो । नेपाल ल्युब आयल नेपालको कम्पनी ऐन २०२१ अन्तर्गत स्थापित कम्पनी हो । यस कम्पनीले विभिन्न सम्मान तथा पुरस्कारहरु समेत प्राप्त गरेको छ । कम्पनीले ISO 9000 QMS प्राप्त गरेको छ, यो प्रमाण पत्र पाउने नेपालका ४ वटाकम्पनी मध्ये नेपाल ल्युब आयल पनि एक हो । सरकारको निजीकरण अभियान अन्तर्गत २०५१–२०५२ मा कम्पनीलाई निजीकरण गरिएको थियो । कम्पनीको नेपाल अधिराज्यभर बलियो वितरण प्रणाली तथा बजारमा उत्पादनको व्यापकता रहेको छ ।

उक्त कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडमा च्यानल्स सेल्सका लागि नेशनल सेल्स म्यानेजर दीवाकर मिश्र, इन्डस्ट्रियल सेल्सका लागि नेशनल सेल्स म्यानेजर शिवप्रसाद तिवारी तथा एरिया को˗आर्डिनेटरसुवोध थापाको उपस्थिति रहेको थियो ।



