एनआईसी एशियाको नयाँ शाखा खुल्यो जाजरकोटको डल्ली बजारमा |
काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका– ७, डल्लीबजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोही नगरपालिकाका प्रमुख टेकबहादुर रावलले आज शुक्रवार गरेका हुन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा पनि चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने अभियानलाई अगाडि बढाइ नै रहेको छ ।
एनआईसी एशिया बैंकले हाल २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ तथा कर्जा १४६ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै सञ्चालन गरिरहेको छ ।



