योयोसोले काठमाडौंको मैतीदेवीमा शाखा बिस्तार गर्यो |
काठमाडौं । योयोसोको नयाँ शाखा काठमाडौंको मैतीदेवीमा बिस्तार भएको छ । कम्पनीले चाँडै नै बालाजुमा पनि यसको शाखा बिस्तारको योजना बनाएको छ ।
योयोसा स्टोरमा १ सय २५ देखि ३ हजार रुपैयाँसम्ममा सामाग्रीहरु पाइने बताइएको छ । सात किसिमका सेगमेन्टमा ५ हजारभन्दा बढी सामाग्रीहरु राखिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले केही समयभित्रै दरबारमार्ग र न्यूरोडमा पनि शाखा बिस्तार गर्ने योजना सार्वजनिक गर्दै आगामी ५ वर्षमा ३० वटा स्टोर संचालन गर्ने जनाएको छ ।
योयोसा फेसन डिपार्टमेन्टल स्टोर हो जसमा कस्मेटिक्स, घरेलु सामाग्री, ब्याग, स्टेशनरी, डिजिटल सामान तथा अन्य सामाग्री रहेको बिज्ञप्तीमा जनाइएको छ ।
यस ब्राण्ड अन्तर्गत पहिलोपटक सन् २०१८ को अगष्टमा सिटी सेन्टरमा शाखा खुलेको थियो ।



