एनआईसी एसियालाई आइएसओ ९००१ː २०१५ प्रमाणपत्र |
काठमाडौं । नेपालको अग्रणी बाणिज्य बैंक एनआईसी एसिया बैंक लिमिटेडले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५ पाएको छ । यो अवार्ड युनाइटेड रजिस्टार अफ सिस्टम युकेएस⁄ युके प्रदान गर्छ ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवाआदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तरराष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको हो ।
यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमापनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
नेपालमा आईएसओ ९००१ː २०१५ प्रमाणपत्र पाउने एनआईसी एशिया एक मात्र बैंक हो । अन्तरराष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि ग्राहकको विश्वास अझ एक तह माथि पुगेको बैंकको भनाइ छ ।
यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ तथा कर्जा १४६ अर्ब रुपैयाँ पुगिसकेको छ । हाल सम्म ग्राहक संख्या करिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीति अनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको छ ।



