समुदाय−प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न |
काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ललितपुर महानगरपालिका १३ को माछापुच्छ्रे विद्यालय कुसुम्तीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिएका थिए । उनले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे ।
नागरीक र प्रहरी मिलेर नै समाजमा शान्ति सुक्षाको व्यवस्थालाई मजबुद बनाउनको लागि प्रहरीले सामुदाय प्रहरी साझेदारीको कार्यक्रमक देश भरीनै लागु गरिएको उनले बताए । आफुले सानो सजगता नअपनाउदा ठुलो घटना घटन जानेहुदा सजगता अपनाई सुरक्षा सम्बन्धि शंकास्पद हरेक गतिविधि निर्धक्क संग प्रहरीलाई बताउन पनि उनले आग्रह गरे ।
महानगरीय प्रहरी परिसर,ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्र बहादुर धानुकले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका १३ का वडा अध्यक्ष राम कुमारी लिम्बु लगाएतका वक्ताहरूलेआफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा माछापुच्छ्रे विद्यालयका कार्यकारी प्रमुख डा विनोद प्रसाद यादवले धन्यबाद ज्ञापन गर्दै किताबी ज्ञानले मात्र विद्यार्थिको लक्ष्य पुरा नहुने बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोको आयोजनामा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।




