सिन्धु विकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । सिन्धु बिकास बैंक लिमिटेड र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीलगायत सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।




