मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंकबीच सहकार्य |
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा गरिएको सम्झौतामा मेडीसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका डेपुटी सिइओ सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा अस्पतालका महाप्रबन्धक विजय रिमालले बैंकका सेवाग्राहीलाई अस्पतालमा सम्भावित खर्चको व्यवस्थापनमा यस किसिमको सम्झौताले टेवा पुग्ने धारणा राखेका थिए ।
कर्पाेरेट क्षेत्रलाई मध्यनजर गरी लक्षित गरिएका विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमहरुलाई बैंकसँगको सहकार्यमा अघि बढाउन सकिने समेत बताए ।
बैंकका डेपुटी सीइओ कोइरालाले बैंकका लाखौ ग्राहकहरुले नेपालको सुविधा सम्पन्न अस्पतालमा विशेष सुविधा पाउने भएकाले यस सम्झौता धेरै फलदायी रहने विश्वास ब्यक्त गरे ।



