माछापुच्छ्रे बैंकको शाखा कोटेश्वरमा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकको उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ । यस सगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुरका साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।



