चावहिलमा क्वालिटी सुट हाउस संचालनमा, ८ घण्टामै सुट तयार गरेर दिने |
काठमाडौं । काठमाडौंको चाबहिलमा क्वालिटी सुट हाउस संचालनमा आएको छ । सर्टिङ सुटिङ सम्बन्धी सम्पूर्ण सेवा दिने गरी सुट हाउस संचालनमा आएको हो ।
चाबहिलस्थित कृषि विकास बैंकको शाखा नजिकै रहेको सुट हाउसको सोमवार पूर्वमन्त्रीद्वय आनन्दप्रसाद पोखरेल तथा जितु गौतम र सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे । सुट हाउसमा महिला तथा पुरुषका लागि सर्टिङ सुटिङको सम्पूर्ण सेवा दिने प्रोपाईटर किशोर नेपालीले बताए ।
सुट हाउसमा इटालियन, पिटर इङ्ल्याण्ड, बिमल, मोन्टेकार्लो, मयुर, शियाराम, रेमण्डलगायत विभिन्न कपडा उपलब्ध छन् । सुट हाउसले विदेशी तथा स्वदेशी ब्राण्डका कपडाको रेडिमेट तथा अर्डरअनुसार पोशाकहरु उपलब्ध गराउने छ । ग्राहकले चाहेमा ८ घण्टामै सुट तयार गरेर दिन सकिने प्रोपाईटर नेपालीले बताए ।
यसअघि दोलखाको चरिकोटमा ईश्वर टेलर्स सञ्चालन गर्दै आएका नेपालीले ७५ लाख रुपैयाँ लगानी गरेर सुट हाउस संचालनमा ल्याएका हुन् । सुट हाउसमा ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्यका सुट उपलब्ध रहेका छन् । हाल संचालनमा आएको अवसरमा सवैखाले सर्टिङ सुटिङ सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।




