रिलायन्स लाइफ इन्स्योरेन्सले खोल्यो एकैपटक सात स्थानमा नयाँ शाखा |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैपटक ७ वटा शाखाहरु बिस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले बीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा नयाँ शाखा बिस्तार गरेको हो ।
बीरगंज शाखाको कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगंज महानगरपालिकाका उप– प्रमुख शान्ति कार्कीले उद्घाटन गरे ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलले पाल्पा शाखाको उद्घाटन गरे ।
बिभिन्न शाखाहरुको उद्घाटनमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको इन्स्योरेन्सले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।




