एभरेष्ट इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच क्यासलेस सेवा सम्झौता |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवा सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट इन्स्योरेन्सबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकले नर्भिक अस्पतालमा भर्ना भइ उपचार गराउँदा क्यासलेस उपचार सेवा उपयोग गर्न पाउने बताइएको छ ।
सम्झौतापत्रमा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।
अब ग्राहकले उपचार गर्नु अघि नगद जुटाउने झन्झटबाट मुक्त हुने इन्स्योरेन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।



