एभरेष्ट बैंकद्वारा लुम्बिनीका बगैंचामा राख्न कुर्सी हस्तान्तरण |
काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा कुर्सी सहयोग गरेको छ ।
बैंकका कार्यकारी अधिकृत सोमेश्वर सेठले लुम्बिनी बिकास कोषलाई गार्डेन चेयर हस्तान्तरण गरे ।
कार्यक्रममा कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य प्रबन्धक सरोज भट्टराई लगातका पदािधकारीहरुको उपस्थती थियो । बैंकले उपलब्ध गराएका २० थान कुर्सीहरु मायादेवी मन्दिर परिसरका बिभिन्न स्थानमा राखिएको छ ।



