पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा शुरु | चन्द्रागिरी हिल स्टेसन जान झनै सहज
काठमाडौं । आइएमई ट्राभलले नयाँ वर्ष सन् २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा शुरु गरेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय रहेको पानीपोखरी स्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे बस छुट्ने कम्पनीले जानकारी दिएको छ ।
बसले लाजिम्पाट,कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरी हिल्स स्टेसनको बेस स्टेसनसम्म पुग्ने बिज्ञप्तीमा उल्लेख छ ।
साँझ ४ बजे चन्द्रागिरीको बेस स्टेसनबाट छुट्ने बस पुरानै रुट हुँदै फर्कने बताइएको छ । चन्द्रागिरीसम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमन लाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।
Visited 1 times, 1 visit(s) today


