भिसा कार्ड सञ्जाल बैंकहरूको ‘भिसा कार्ड लोयल्टी योजना’ सार्वजनिक |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध १४ वटा बैंक र भिसाको संयुक्त सहकार्यको रूपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन्डे र वाव वेड्नस्डे गरी दुई भिन्न प्रकारको योजना सार्बजनिक गरिएको छ । ‘सन्डे फन्डे’ अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरूले हरेक आइतवार देशभरका पोसहरूमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेबिट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५५ वा अधिकतम ५ सयसम्म नगद फिर्ता हुनेछ ।
त्यस्तै ‘वाव वेड्नस्डे’ योजनाअन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्डवाहकहरूले भाटभटेनी सुपरमार्केटका देशभरिका कुनै पनि शाखाबाट हरेक बुधवार सामान खरीद गरेबापत अधिकतम रू. ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन् ।
यस योजनाबाट सेन्चुरी बैंक, गरिमा विकास बैंक, ग्लोबल आईएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युनाइटेड फाइनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरू लाभान्वित हुने छन् ।
यस्तो योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुने र सुरक्षित डिजिटल कार्ड कारोबारमा ग्राहकवर्गहरू आकर्षित हुनेमा बैंकहरू विश्वस्त रहेका छन् । यो योजना यही जनावरीदेखि अप्रिल २०१९ सम्म लागू हुने बताइएको छ ।
Visited 1 times, 1 visit(s) today


