कुमारी टोल सुधार समितिलाई मुक्तिनाथको सहयोग |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कुमारी टोल सुधार समितिलाई ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले उक्त समितिलाई कुमारी मन्दिर परिसरमा सीसी टीभी जडान गर्ने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकले बताएको छ ।
समितिले विभिन्न सामाजिक काम गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्य गर्न सो सहयोग गरेको बताएको छ ।
Visited 2 times, 1 visit(s) today


