सुजुकीको देशैभर मेगा एक्सचेञ्ज मेला हुँदै, बजार मूल्यभन्दा १५ हजार थप भ्यालुएशन |

काठमाडौं । सुजुकीले यही पुस १८ देखि २७ गतेसम्म देशभर ‘मेगा एक्सचेञ्ज मेला’ सञ्चालन गर्ने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी सुजुकीले आफ्ना ५२ वटै शाखाहरूबाट एकसाथ उक्त मेला आयोजना गर्न लागेको हो ।
मेला अवधिभर जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेञ्ज गर्दा प्रचलित बजार मूल्यभन्दा थप १५ हजार मूल्यांकनका साथै ठाउँको ठाउँ फाइनान्सको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
सुजुकीले हालै मात्र नेपाली बजारमा नया बर्गम्यान स्ट्रिट १२५ सीसीको स्कुटरको समेत विक्री शुभारम्भ गरेको भीजी अटो मोबाइलका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।