एनआईसी एशियाका बाँकेमा एकैसाथ दुई नयाँ शाखा कार्यालय | बैंकको शाखा संख्या अब २ सय ६१ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले बाँके जिल्लामा एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नेपालगञ्ज उपमहानगरपालिका– ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका– ६, सम्झना चोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।
दुई शाखामध्ये त्रिभुवन चोक शाखाको बंैकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक विमलराज खनालले आज उद्घाटन गरेका हुन् ।
बैंकले हाल मुलुकभर २६१ शाखा कार्यालय, २५३ एटीएम, २५ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंक अहिले मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । वासलातको आकार पनि हाल रू. १९९ अर्बभन्दा बढी छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुर्याउन सफल भएको छ ।
हालसम्म ग्राहक संख्या करिब १२ लाख १९ हजार पुगेको यस बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


